विख्यात आरोही पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार उनले सोमबार गरेको सफल आरोहणसँगै अर्का विख्यात आरोही कामिरिता शेर्पासँगको कीर्तिमान बराबरी भएको छ ।
पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ का स्थानीय हुन् । कामिरिताले समेत यसै सिजनमा २७ औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान राखेका थिए ।
कामिरिताले यसै सिजनमा दोस्रो पटक र समग्रमा २८ औंं पटक सगरमाथाको आरोहण गरी कीर्तिमान राख्ने तयारीमा छन् ।