आइतवार, कार्तिक २ गते २०८३

काठमाडौंमा मध्याह्नबाट पानी पर्ने, वाग्मतीसहित कोसी र गण्डकी प्रदेशमा भारी वर्षा

बुधवार , जेठ १०, २०८०

काठमाडौंं। बिहीबार देशमा अधिकंस स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  बिहान सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा सामान्यदेखि पूणर्तया बदली रहेको जनाएको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कणर्ाली, लुम्बिनी, गण्डकी प्रदेशको केही र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बिहीबकार दिउँसो ेशभर सामान्यदेखि पूणर्तया बदली रहने विभागले जनाएको छ । पहाडी भू-भागहरूका केही  स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र  वाग्मती प्रदेशका तराईका केही स्थानमा हावाहुरीकोसमेत  सम्भावना  रहेको विभागको भनाइ छ । 

काठमाडौंमा आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार