आइतवार, कार्तिक २ गते २०८३

प्रहरीले भन्यो: आईजीपीलाई विवादमा तान्न खोज्नु गलत

बुधवार , जेठ १०, २०८०

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको बताएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको बताएको हो ।

यस्तै, आइजिपी सचिवालयले पनि कुनै आधार, तथ्य र प्रमाणबिना नै समाचार बनाएर जनमानसमा भ्रम सिर्जना गरेको दाबी गरेको छ ।

आइजिपीले आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजेर विवादमा तानेको निन्दनीय भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार