काठमाडौं। लामो समयदेखि अनशनमा बसेकी बिनु यादवले अनशन तोडेकी छिन् । आज सरकारसँग ५ बुँदे सहमति भएपछि उनले १५औं दिनमा अनशन तोडेकी हुन् ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज साँझ माइतीघरमा पुगेर यादवलाई जुस पिलाउनुभएपछि उनले अनशन तोडेकी हुन् । सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्धामा आवश्यक कारबाही अगाडि बढाउने र उनको जिवीकोपार्जनका लागि सहयोग गर्ने उल्लेख गरिएको छ ।
प्रेम सम्बन्धपछि रामेछापका प्रदीप कठायतसँग विवाह गरेकी विनुले आफूमाथि श्रीमान् र श्रीमान्का आफन्तबाटै बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर न्याय नपाएपछि उनी अनसनमा बसेकी थिइन् ।
आज नै राष्ट्रिय मानव अधिकार आयोगले समेत विनु यादवको जीवन रक्षा गर्न आव्हान गरेको थियो ।