बुधवार, आश्विन १४ गते २०८३

ए डिभिजन लिग: चर्च ब्वाइज र मनाङले अंक बाँडे

बिहिवार , जेठ ११, २०८०

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेलेका छन्।

च्यासल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजले मनाङलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।

बराबरीपछि चर्च ब्वाइजले २१ खेलबाट ३८ अंक जोडेको छ र दोस्रो स्थानको मछिन्द्र एफसीमाथि ३ अंकको अग्रता बनाएको छ।

मनाङ भने २१ खेलबाट २५ अंक जोडेर ११औं स्थानमा छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार