बुधवार, आश्विन २१ गते २०८३

सांसद बन्न तीन करोड बुझाएको थिइनँ- ढाकाकुमार

शुक्रवार , जेठ १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको बताएका छन्।

विज्ञप्ति जारी गर्दै उनले विभिन्न मिडियाले कपोलकल्पित र तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएका छन्। यो विषयमा आफूले कुनै मिडियामा नबोलेको भन्दै उनले यो समाचारले आफूलाई नैतिक समस्यामा पारेको बताएका छन्।

आधारविना भ्रामक र तथ्यहीन समाचार बनाएर आफू र आफ्नो पार्टीको  चरित्रहत्या गरे कानूनी कारबाहीका जाने चेतावनीसमेत  दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार