बुधवार, आश्विन २१ गते २०८३

सेयर बजार परिसूचक सामान्य घट्यो,कारोबार भने बढ्यो

बुधवार , आश्विन २१, २०८३

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से २५७२ अंकमा कायम भएको छ ।

कारोबार रकममा सुधार देखिएको छ । अघिल्लो दिन ३ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ७४ करोडको भयो । आज ९९ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

बैंकिङबाहेक सबै समूहगत सूचक घटे । बैंकिङ ०.०८ प्रतिशत बढ्यो । त्यस्तै व्यापार सबैभन्दा धेरै १.३८ प्रतिशत घट्यो ।

विकास बैंक ०.०७, फाइनान्स ०.०९, होटल तथा पर्यटन ०.०६, जलविद्युत् ०.०३, लगानी ०.५५, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.३९, निर्जीवन बीमा ०.६०, अन्य ०.३६ प्रतिशत घटे ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार