बुधवार, आश्विन २१ गते २०८३

जलहरी प्रकरणबारे ओली भन्छन्: पुष्टि हुने कुनै आधार छैन

शुक्रवार , जेठ १२, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जलहरी प्रकरणमा भ्रष्टाचार भएको बिषय पुष्टि हुन नसक्ने बताएका छन्।

शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पशुपतिको जलहरीबारे बोल्दै ओलीले सो बिषयमा पुष्टि हुनै कुनै आधार नभएको र एमालेले संसद अवरुद्ध गर्ने स्पष्ट पारे। 

उनले भने, ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ ।’

एमाले सधै भ्रष्टाचारको विरोधी भए पनि बदनाम गराउने खोजेको उनको आरोप छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार