बुधवार, आश्विन २१ गते २०८३

रास्वपा र स्वतन्त्रका सांसदले संसदको गरिमा बढाए : अमरेश सिंह

आइतवार , जेठ १४, २०८०

काठमाण्डु- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसद्ले बढाएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै उनले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसद्ले बढाएको बताएका हुन् ।

‘अहिले पनि कर्मकाण्डी रुपमा देश चलाउँछु भन्ने मानसिकता छ। अब जनता चनाखो भइसके। अब जनताले हरेक कुराको मूल्यांकन गर्न सक्छन्। संसद्का समितीमा दलहरू कुनै पनि विषयमा बोल्न नसक्ने। धन्न संसद् भवन स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विषयमा बोलेको कारण संसद्को गरिमा बढेको छ’, उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार