आइतवार, कार्तिक २ गते २०८३

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, कार्कीविरुद्ध उजुरी आह्वान

मंगलवार , जेठ १६, २०८०

काठमाडौं। संसदीय सुनुवाइ विशेष समिति बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन कामु प्रधानन्यायाधीश हरिकष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन सकिने गरी समय तोकेको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ विशेष समिति बैठकले संवैधानिक परिषद्बाट सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध १० दिने उजुरी आह्वान गरेको हो। उक्त बैठकले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र उजुरी लिने र सार्वजनिक सूचना गोरखापत्रमा प्रकाशन र नेपाल टेलिभिजनबाट प्रसारण गरिने निर्णय गरेको छ । 

कार्कीमाथिको उजुरी लिखित, पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत दिन सकिनेछ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ। 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार