आइतवार, कार्तिक २ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण: तीन जनाको बयान लिइयो

मंगलवार , जेठ १६, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज मंगलबार तीन आरोपितको बयान लिइएको छ ।

म‌ंगलबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरु सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान लिइएको अदालतका सूचना अधिकारी दीपक दाहालले‍ जानकारी दिए। राई पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ थिए। केसी पूर्वगृहमन्त्री बालकृष्ण खाणका पिए थिए।

जिल्ला अदालत काठमाडौँमा जेठ १२ देखि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान लिन थालिएको हो ।

प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरेको छ। उनीहरूको यो साताभर बयान हुने सम्भावना छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार