काठमाडाैँ।चार दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्।
बुधबार अपरान्ह चार दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली गएका हुन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरूले विदाइ गरेका छन् ।
गत पुसमा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलो पटक भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने कार्यतालिका रहेको छ ।