बुधवार, आश्विन २१ गते २०८३

भारतबाट प्रधानमन्त्री प्रचण्डले भने- विदेशमा बस्ने नेपालीको मताधिकार प्रत्याभूत गर्न प्रतिवद्ध छौं

बुधवार , जेठ १७, २०८०

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा बसोबास गर्ने नेपालीलाई मतदान गर्ने अधिकार दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

चार दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा नेपाली दूताबासमा नेपाली समुदायसँगको छलफलका क्रममा विदेशमा रहेकालाई मताधिकारको प्रत्याभूत गर्ने बताएका हुन् ।

भारतमा रहेका नेपाली समुदायलाई स्वदेश फर्केर नेपालको विकासका लागि योगदान दिनसमेत उनको आग्रह थियो । आफूहरु देशको अर्थतन्त्र पुनरुत्थान गर्न काम गरिरहेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार