आइतवार, कार्तिक २ गते २०८३

डोटीमा स्काइभेटर दुर्घटना, एक जना घाइते

बुधवार , जेठ १७, २०८०

डोटी - डोटीमा बुधबार स्काइभेटर दुर्घटना भएको छ ।

जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काइभेटर दुर्घटना भएको हो । कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय बिकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काईभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काईभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ। उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार