बुधवार, आश्विन २१ गते २०८३

यी हुन् नेपाल-भारतबीच भएका सम्झौता (सूचीसहित)

बिहिवार , जेठ १८, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण लगायतका सम्झौता भएका छन् ।

बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको जानकारी दिएका हुन् ।

यी हुन् नेपाल-भारतबीच भएका सम्झौता
–भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन
–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
–नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन
–अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
–सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी
–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
–क्रस बोर्डर पेमेन्टबारे समझदारी

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार