बुधवार, आश्विन २१ गते २०८३

शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित तीन जनाको बयान सुरु

शुक्रवार , जेठ १९, २०८०

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा बालकृष्ण खाँण र टेकनाथ रिजालको बयान सुरु भएकाे छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाको मात्रै बयान बाँकी रहेको अवस्थामा पुर्व गृहमन्त्री खाँण र भुटानी शरणार्थी नेता रिजालको आज बयान लिन लागिएको हो । 

सो प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री रायमाझी, पुर्व सांसद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष समशेर मियाँसँग काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले हिजाे बयान लिएका थिए । 

आज खाँण, रिजाल र हरिभक्त महर्जनको बयान लिने कार्य आजवाट सुरु भएकाे हाे । महर्जनले हिजो मात्रै आत्मसमपर्ण गरेका थिए ।

सो प्रकरणमा मुछिएकाहरूकाे बयान गत जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार