काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी -जसपा)का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत सुरु भएको छ ।
सनाखतका लागि जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । नेताहरुको हस्ताक्षर सकिउपछि जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै आउन सक्ने जनाइएको छ ।