बुधवार, आश्विन २१ गते २०८३

यस्तो छ अदालतमा बालकृष्ण खाँणले दिएको बयान

शनिवार , जेठ २०, २०८०

काठमाण्डु-  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।

 नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका खाँणले जिल्ला अदालत, काठमाण्डुमा  इन्कारी बयान दिएका हुन् । 

‘कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो । आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’, उनले बयानमा भनेका छन् ।

खाँण गृहमन्त्री हुँदा गृह मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेको बयान र हिरासतमा रहेका आरोपी सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग उनीमाथि प्रहरीले लगाएको थियो ।

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुमामार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार