आइतवार, आश्विन २५ गते २०८३

जसपाको विवाद : सनाखतका लागि रेशम चौधरी पनि निर्वाचन आयोग पुगे 

सोमवार , श्रावण ११, २०७८

काठमाडौं । जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन् । जसपाको विवाद टुंयाउन सनाखतका लागि चौधरी आयोग पुगेका हुन् । 

टीकापुर घटनाका आरोपितको रुपमा जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन् । ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन् । 

जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्यकारिणी सदस्यलाई सनाखतका लागि आज निर्वाचन आयोग बोलाएको हो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार