आइतवार, कार्तिक २ गते २०८३

द्रोस्रो जीवन पाएर पनि मरितुल्य छन् डोटीका गगन!

सोमवार , जेठ २२, २०८०

तिर्थ नेपालि, डोटी। डोटीको पुर्विचौकी गाउँपालिका १ खिरसैनको आफरबाडा गाउँका गगन सिंह कामीले घरायसी अवस्थाका कारण १२ वर्षको उमेरमै विवाह गरे । 

कामी जातिले पहिले देखि नै फमामको काम गर्ने, देवि देउताहरूका मुर्ती बनाउने ढुङ्गाका घर बनाउने  काम गदै आएको थिए ।
निम्न वर्गीय परिवार तेसैमा दलित थर लिएर  जन्मिएका उनको जीवन औँशीको रातमा उज्यालो देखे झै आज नभए भोलि त उज्यालो भईहाल्छ, भनेर आशैआशमा समयसँगै घर्किदै गएका छन् ।

आफ्नो सीपको प्रयोग गरेबापत पारिश्रमिकमा मानाका हिसाबमा चामल, नुन, खुर्शानी दिने चलन थियो ।
गगन सानै देखि इलमी थिए ।उनले पनि २० वर्षको उमेरमै घर बनाउने सिप सिके गाउँका दर्जनौँ घरहरूमा उनको सीप र पसिना भिजेको छ,  बुवाहरुको पालामा ४ माना चामल १ माना, नुन ३ माना खुसार्नी  दिने चलन रहेको थियो ।
उनी सम्म आइपुग्दा घरको लम्बाइलाई हातले धागोले नापेर घरको  नाप्ने चलन थियो ।  चामल संगै हातका हिसाबले २५ रुपैया २ आना दिईन्थ्यो ।

ब्यापक गरिबीको चपेटामा हुर्किएका गगनको समीपमा १ छोरा १ छोरीको आँगमन भयो गाउँका हुने खाने दाजुभाईहरु परदेश गएर धनमाल कमाएर ल्याउँथे उनीहरुलाई देखेर भन्दा पनि बाध्यताको रेखाले भारत डोर्यो । 
त्यतिखेरको समयमा अहिलेको जस्ता सञ्चारको विकास भएको थिएनन् । बाह्रखरी जानेकाहरु चिठी लेख्थे आफ्नो हालखबर  सुनाउन ७ दिन लाग्थ्यो नेपालको  चिठी भारत पुग्न ।

सानै उमेरमै पारिवारिक बन्धमा बाँधिएका गगन सँग बाउबाजेको सम्पत्ति केही पनि छैन् । छोराछोरीहरूको लालनपालन ,शिक्षादीक्षा श्रीमतिलाई झ्रिकी फुर्कीका बनाउन लागि भएपनि  बिरानो बस्तीमा डेरा बनाएका जहाँको बोली भाषा, रहन ,सहन चालचलन भिन्नै पहाडको कुना कन्दारामा आन्नद किसिमले साहस लिईरहेको मुटुमा गाँठो परेको थियो ।

उता पुगेको २ महिना नपुग्दै नेपालबाट श्रीमती बिरामी भएको खबर कानमा पर्यो । छाँगाबाट खसे जस्तो लाग्यो अब के गरु कसरी जाउँ घर भनेर दनदनी बलिरहेको आगोमा पिरोलिरहेको लाठी जस्तै मन पिरोलिरहेको  थियो  । 

यति बेला बर्खाको भेलसरी आँखाका रसाइरहेका थिए, परेलीका डोबहरू तलाउमा फस्केका नाउँ झै थिए । गाउँका सबै देवी देउतालाई बेस्सरी सम्झिए उनले  काका नाता पर्ने मान्छेले उनलाई ऋणस्वरुप २०० सय भारु दिएर  । उनी भाग्यले  ८  दिनमा नेपाल फर्के भर्खरै कैलाली देखि अछामको बाटो काम सुरु हुँदै रहेछ । घरमा श्रीमती बिरामीले थला परेको २० दिन पुगेको थियो ।

बच्चाहरू बिरामी आमा भन्दा बढी लालासेक भएको देख्दा झनै भक्कानिएका थिए ।

उनको हेरचाह गर्ने घरमा अरु कोही थिएनन् । गाउँकै जडीबुटीको औषधीले गर्दा २५ दिनमा उनकी पत्नीलाई केही बिसेक भयो ।अब यतिकै बसेर हुनेवाला छैन भन्ने सोचेर आफ्नो इलममा लागे। छोराको उमेर बढ्दै गयो । बिरामी आमाको हेरविचार गर्न थाले ।

दिनभरीको ज्यालादारीबाट आर्जन गरेको पैसाबाट श्रीमतिको थप उपचार गर्ने सपना बुनेका गगनकी श्रीमती सधैँका लागि बिरामी नहुने भईन उनको सपना अब सपनामा मात्र सीमित रह्यो ।विं सं २०७० सालतिर उपचारका लागि सदरमुकाम जाने क्रममा क्षमता भन्दा बढी यात्रु बोकेका कारण उनी सवार जिप सडकबाट करिब ५०० मिटर खस्यो ।
२४ वर्षीया श्रीमती ८ वर्षीय छोराको जिप दुर्घटनामा परी घटना स्थलमै ज्यान गयो ।

 उनी भने हाम फालेर रूखमा अडिएर  बाँच्न सफल भएका थिए । तर कहालीलाग्दो दुर्घटनामा आफ्नो सर्वस्व गुमाउनु पर्यो त्यही दिनबाट उनको मानसिक सन्तुलन गुम्न पुग्यो । यो संसार धूमिल भएको जेष्ठ महिनाको १६ गते कालो दिन  टाउकोमा गम्भीर चोट लागेर अचेत घाईते भएका उनलाई  १२ टाँका  लगाईएको थियो ।

दुखको पहाडमा हुकिएका गगनको भरोशाको हकद्धारहरु संन्सारबाट सद्धाका लागि अस्ताई सकेका थिए । उनले हस्पिटलमा थाहा पाए 
दुखको साथी मदिरालाई मान्नु  पर्ने परिस्थिति सामु आई लाग्यो  । श्रीमती र छोरीले छोडेर गएको १ वर्ष  बित्यो दुख पीरलाई पोको पारी एकातिर राख्ने ऐसाहस गरे ।

ससुरालीमा गए उतापट्टि रुवाबासी सुरु भयो । उहाँहरूले २० वर्षीया कान्छी छोरी उमा  हातमा थम्याएका थिए । उनी शारीरिक रुपमा अशक्त थिइन्।

उनको काखबाट छोराको जन्म भयो गगनको मलिन मुहारमा फिक्का हाँसो शिथिल हत्केलामा भाग्यका रेसाहरू देखा परे जस्तो भान भयो ।  दिनभरी ज्यालादारी जुटिरहने बाध्यता थियो ।
६ महिनामै छोरालाई कुपोषण भएको पत्तै पाएनन् । छोरो हुर्किदै गयो बल्ल आएर थाहा हुन् थाल्यो । पापी दैवले आलो घाउमा नुन चुक छर्किदियो भन्दै  साँझ पख बिलौना पोख्छन् ।

त्यति मात्रै नभई गत असोज २२ गते राति  खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु बनाएर गएको ४.५ म्याग्निच्युटको भुकम्पले गर्दा घर नै चर्काईदिएपछी जीवन की मरणको दोसाँधमा फसेका छन् । 

दिनभरीको घामको ताप, साँझपख मदिराको रापले बाँचिरहेका छन् । अपाङ्ग श्रीमती कुपोषित छोरा चर्केको घरमा बस्न बाध्य भएका छन् । अहिले सम्म कसैको नजर पर्न सकेको छैन उनको बस्तीमा ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार