बुधवार, आश्विन २१ गते २०८३

संसदमा ओलीः बजेट सच्याउँ, करका दरमा व्यापारीको अनुहार देखिन्छ

मंगलवार , जेठ २३, २०८०

काठमाडौं। नेकपा एमालेले सरकारलाई बजेट सच्याउन सुझाव दिएको छ । बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले  बजेट सच्याएवापत सरकार असफल भयो नभन्ने बताएका हुन्।

उनले यो बजेट समृद्धि नेपाल, सुखी नेपालीका लागि नभएर गठबन्धनको जीवन रक्षाको बुटिक मात्रै भएको टिप्पणी गरे। नेपाल र नेपालीको हितको योजना कार्यक्रम र लगानीको बजेट आवश्यक भएको बताउदै ओलीले पूँजीगत खर्च घटाउनु अहिलेको नेपाली पुस्ताको आवाजलाई आत्मसात गर्न नसक्नु भएको बताए।

यस्तै ओलीले आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यापारीलाई सहयोग पुग्नेगरी बनाइएको आशंका व्यक्त गरेका छन्। बजेट निर्माणमा पूर्वनासु रामकृष्ण श्रेष्ठको  सहभागिताबारे दिएको जवाफप्रति अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा दिएको ओलीले बताए। 

ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताउदै आर्थिक वृद्धिदर भवितव्यमा भइहाल्ने कुरा नभएको पनि बताए। 

ओलीले बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको समेत बताए। आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै उहाँले बजेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताउदै ओलीले राष्ट्र, जनता र अन्र्तराष्ट्रिय प्रतिको जिम्मेवारी पुरा गर्न नसक्ने बजेटलाई किन स्वीकार गर्ने भन्दै प्रश्न गरे। 

यस्तै ओलीले सरकारले बजेटमा गाँजा खेतीबारे अध्ययन गर्ने भनेर ल्याएको प्रति आपत्ति जनाएका छन्। औषधीका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखिएको आशंका व्यक्त गरे। ओलीले गाँजाको बिउ लिएर बसेको व्यापारी को हो भन्दै प्रश्न गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार