बुधवार, आश्विन २१ गते २०८३
प्रतिवादी पक्षको बहस सुरु

शरणार्थी प्रकरणः सरकारी तहमै बदमासी, शीर्ष नेता पहिल्यै जानकार 

बुधवार , जेठ २४, २०८०

काठमाडौं। भुटानी अधिकारवादी नेता टेकनाथ रिजालले आफूले यो प्रकरण बाहिर आउनुभन्दा पहिल्यै उच्च सरकारी तहमा भएको बदमासीबारे जानकारी गराएको बताएका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उनले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुलाई भेटेर भुटानी शरणार्थीका नाममा रकम उठाउने काम भएको भनेर जानकारी गराउँदा कसैले गम्भिरतापूर्वक नलिएको जिकिर गरेका हुन् ।

थुनछेक बहसका क्रममा काठमाडौं जिल्ला अदालत लगिएका रिजालले आफूमाथि षडयन्त्र भएको बताए । 

नक्कली भूटानी शरणार्थी प्रकरणमा आजबाट प्रतिवादी पक्षको बहस सुरु भएको छ । हिजो  सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

यसअघि नै निर्धारण भएको बहसको समयानुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले आजदेखि बहस सुरु गरेका हुन् । प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसका लागि छ दिनको समय पाएका छन्  ।

सरकारी वकिलहरुले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गरेका थिए।  

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइने जनाइएको छ ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ ।

सोमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार