बुधवार, आश्विन २१ गते २०८३

काठमाडौं महानगर प्रमुख बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

बिहिवार , जेठ २५, २०८०

काठमाडौं। भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काउन्टर दिएका छन्।

नेपाल सरकारले सो नक्सालाई राजनीतिक रुपमा हेर्न नहुने बताईरहेका बेला शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका हुन् । महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा छन्।

उनले भारत जानुअघि यो नक्सा राख्न निर्देशन दिएका थिए। फर्किएलगत्तै नयाँ नक्साको पृष्ठभूमिमा तस्वीर खिचाएर सार्वजनिक गर्ने उहाँको योजना रहेको बुझिएको छ । हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गरेका थिए ।

यस संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ । यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो ।

नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार