बुधवार, आश्विन २१ गते २०८३

बाबुरामको स्वीकारोक्तिः हतारमा पार्टी घोषणा र मूल नेतृत्वको उदारताले पार्टी कमजोर (राजनीतिक प्रतिवेदनको पूर्णपाठ)

बिहिवार , जेठ २५, २०८०

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)ले पार्टी अन्योल र अकर्मण्यताबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समितिको बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गरेको अबको राष्ट्रको संकल्प, नयाँ समाजवादी विकल्प को राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गम्भीर आत्मसमिक्षा र आत्मालोचनासहित पार्टीलाई अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन्।

२३ पृष्ठ लामो दस्तावेजमा उहाँले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गर्नुभएको छ । देशलाई नयाँ समाजवादी विकल्प निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख छ । तत्काल कुनै पार्टीसँग एकता गर्न सम्भव नभए पनि समाजवादी मोर्चा निर्माण गरेर अघि बढ्नुपर्नेमा प्रतिवेदन सहमत देखिएको छ । 

हतारमा पार्टी घोषणा, तालमेलसहित चुनावी प्रतिस्पर्धा, जनआन्दोलन र परिचालनप्रति उदासीनता, मूल नेतृत्वको उदारता तथा आदर्शवाद र वस्तुगत प्रतिकूलता जस्ता कारणले पार्टी कमजोर भएको अध्यक्ष भट्टराईले दस्तावेजमा उल्लेख गरेका छन्।

पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गर्दै दस्तावेजमा हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ? भन्दै प्रश्न गरिएको छ ।

केन्द्रीय समितिको बैठक आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।  बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निणर्य गर्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार