आइतवार, कार्तिक २ गते २०८३

मिटरव्याजीविरुद्ध मधेसमै १८ हजार बढी उजुरी

शनिवार , जेठ २७, २०८०

काठमाडाैं। नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरेयता मधेस प्रदेशका ८ वटा जिल्लामा मात्रै १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । गृह मन्त्रालय दिएको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका हुन् ।

वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै मिटरव्याजको उजुरी बारामा परेको छ । त्यहाँमात्रै ३ हजार ३२२ जना पीडितले उजुरी दर्ता गराएका छन् ।

सिराहामा २ हजार ९२०, धनुषामा २ हजार ६१५, महोत्तरीमा २ हजार ३३६, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२०, सप्तरीमा १ हजार ५७९ र पर्सामा १ हजार ३२१ वटा उजुरी परेका छन् । यसरी उजुरी परेकामध्ये अहिलेसम्म धनुषा  र सप्तरीमा दुईवटा मात्रै मुद्दा परेका छन् । अनुसन्धानको क्रममा हालसम्म ७ जना पक्राउ समेत परिसकेका छन् ।

 अहिले आयोगले १३९ वटा घटनामा दुईपक्षमा छलफल गरिरहेको छ । उजुरी परेकोमध्ये १२६ वटाको मिलापत्र समेत भइसकेको गृहमन्त्रालयले जनाएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगमा पूर्व नायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल र पूर्व एआइजी उत्तमराज सुवेदी सदस्य रछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार