काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई छुट्टैदल दर्ता गर्न दिइने भएको छ । जसपाको आधिकारिकता विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको हो ।
५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । १६ जना मात्रै कार्यकारिणी सदस्यको हस्ताक्षर पाएको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।