आइतवार, श्रावण २४ गते २०८३
'जात २'

चिरञ्जीविले ल्याए 'जात २'

आइतवार , आषाढ २०, २०७८

काठमाडौं । अन्तर जातिय प्रेम सम्बन्धका कारण धेरैले प्राण त्याग्नु परेको हामीले देखेका छौँ। कतिपयले यहि कारण अंगभंग हुनु परेको छ। उदाहरणका लागि जाजारकोटमा 'नवराज विक हत्या प्रकरण' को धेरै समय भएको छैन्।

'जातिय विभेद' प्रेममा मात्रै सिमित छैन्। मान्छेले-मान्छेलाई गर्ने व्यवहार हेर्दा पनि अचम्म लाग्दो छ। जस्तो अहिले रुपा सुनारले जातियताकै कारण काठमाडौंमा कोठा नपाएको प्रसंग नै किन नहोस। यो मुद्धा कानुनीरुपमा प्रहरीसमक्ष पनि पुग्यो। यिनै विषय वस्तुलाई समेटेर कलाकारहरुले विभिन्न गीतहरु पनि सार्वजनिक गरिरहेका छन्। यसअघि 'जात' गीत ल्याएका कलाकार चिरञ्जीवि सापकोटाले 'जात २' गीत सार्वजनिक गरेका छन्।

लेखराज गिरीको शब्दमा रहेको उक्त गीतमा भर्खरै 'भ्वाईस अफ नेपाल'बाट बाहिरिएका धर्मेन्द्र सुनारले आवाज दिएका छन्। गीतको भिडियोमा कलाकार सापकोटा, सुवास बजगाई लगाएतको अभिनय छ। भिडियोको निर्देशन भने लक्ष्मण सुनारले गरेका छन्। गीत आहा टिभीबाट सार्वजनिक गरिएको हो।

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार