आइतवार, कार्तिक २ गते २०८३

धनुषामा वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

बुधवार , जेठ ३१, २०८०

धनुषाको नगराइन नगरपालिका- २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृत झा घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले आज साँझ वडाध्यक्ष यादव र वडासचिव झालाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुलाई कारबाहीका लागि बर्दिवास कार्यालय लगिने बताइएको छ । सडक निर्माण योजनाको भुक्तानीका लागि उपभोक्ता समितिसँग वडाध्यक्ष र वडासचिवले घुस लिएका थिए ।

उपभोक्ता समितिले पहिले नै दिएको सूचनाको आधारमा अख्तियारको टोलीले वडाध्यक्ष र वडासचिवलाई पक्राउ गरेको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार