आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस क्रियाशील सदस्य ४ लाख ४३ हजार थपिदा साढे ८ लाख पुग्यो 

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ । तीमध्ये चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन् । नयाँ कियाशील सदस्य संख्या विगतको भन्दा दोब्बर बढीले बढेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले पार्टीको पदाधिकारी बैठकमा मंगलबार प्रतिवेदन पेस गरेको छ ।
पुराना चार लाख ९ हजारको सदस्यता नवीकरण भएको छ । प्रतिवेदन अनुसार सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार  ६६ जना छन् ।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार