आइतवार, आश्विन २५ गते २०८३

जसपामा संसदीय दलको नेता छान्न निर्वाचन समिति गठन

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति संयोजकमा नवराज सुवेदी र  रमेश यादव र शुशीला श्रेष्ठ सदस्य छन् । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितीको बैठकले निर्वाचन समिति गठन गरेको हो ।

यस्तै बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । जसपा आधिकारिकता विवादमा उपेन्द्र यादव समुहले आधिकारिकता पाए संगै सो दलले संसदिय दलको नेता चुन्ने भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार