बुधवार, आश्विन १४ गते २०८३

क्राइमिया मुद्दामा ओबामाको तर्कमा रुस सहमत

शनिवार , आषाढ ९, २०८०

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले क्राइमिया बारेमा गरेको टिप्पणीमा रुस सहमत भएको छ ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले ओबामाले ओबामाको टिप्पणीमा जायज पक्ष भएको बताएका छन् । शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै पेस्कोभले यस्तो बताएका हुन् ।

बिहीबार सिएनएनमा अन्तर्वार्ता दिँदै ओबामाले क्राइमिया कब्जा गर्न रुसले सैन्य शक्ति प्रयोग नगरेको र त्यसो हुनुमा त्यहाँ रुसी भाषा बोल्नेहरुको बाहुल्यता हुनु भएको तर्क गरेका थिए ।

युक्रेनको भाग रहेको क्राइमिया सन २०१४ को एक जनमतसंग्रहबाट रुसमा औपचारिक रूपमा गाभिएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार