बुधवार, आश्विन २१ गते २०८३

बालेन शाहले अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन

आइतवार , आषाढ १०, २०८०

काठमाडौं। अदालतको अवहेलना गरेको भन्दै  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ता वर्षाकुमारी झाले महानगर प्रमुख शाहविरुद्ध अदालतको अवहेलनाको निवेदन सर्वाेच्च अदालतमा दिएका हुन् । उक्त निवेदनमाथिको सुनुवाइ गर्न न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेसी तोकिएको छ । 

हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गरेकी छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार