बुधवार, आश्विन २१ गते २०८३

बाग्मती प्रदेश सभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

मंगलवार , आषाढ १२, २०८०

हेटौडा । बाग्मती प्रदेश सभाको बैठक बस्दैछ ।

प्रदेश सभा सचिवालय भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ बजे बोलाईएको छ। 

आजवाट बजेटमाथि छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०(०८१ को बजेटमाथि आजवाट छलफल सुरु हुनेछ ।

प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मंगलबार देखी बजेटमाथिको छलफल गरिने कार्यसूची बनाएको हो ।

सो प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए, जुन बजेट माथी आज छलफल हुन लागेको हो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार