बुधवार, आश्विन २१ गते २०८३

प्रतिपक्षी दलको अवरोधका कारण संसद् बैठक स्थगित

बुधवार , आषाढ १३, २०८०

काठमाडौं। एमालेसहित प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

बजेट संशोधन गरेर निर्णयार्थ प्रस्तुत गरिनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरुले अवरुद्ध गरेपछि प्रतिनिधिसभा बैठकलाई सभामुख देवराज घिमिरेले बुधबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

एमाले, रास्वपा, राप्रपासहित प्रतिपक्षी दलहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको भन्दै सदन अवरुद्ध गरेका हुन् । 

एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले प्रतिवद्धता जनाएपनि जिल्ला निर्वाचन खारेज गर्ने बिषय विनियोजना विधेयकमा कतैपनि अंगको रुपमा नल्याईएको भन्दै आपत्ति जनाए। 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक सन्तोष परियारले पनि यो प्रस्ताव हचुवाका भरमा नभई लोकतन्त्र र यो व्यवस्था बचाउनका लागि ल्याएको बताए। जिल्ला निर्वाचन कार्यालय राखेज नगर्ने सुनिश्चितता नभएसम्म सदन चल्न नदिने चेतावनी दिए।

यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला स्तरीय कार्यालयहरु अहिले पनि भौतिक रुपले प्रशासन कार्यालयकै भवन प्रयोग गरिरहेकाले बुझाईमा समस्या भएको बताएका थिए।

उनको सो अभिव्याक्तिप्रति पनि प्रतिपक्षका सांसदहरुले आपत्ति जनाए। लेखकले निर्वाचन आयोगमा भएको छलफलमा सबै राजनीतिक दलहरु निर्वाचन कार्यालय खारेज नगर्ने निश्कर्षमा पुगेकाले संसदमा विरोध आवश्यक नभएको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार