बुधवार, आश्विन २१ गते २०८३

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्मन्त्री कार्कीले पाएनन् विश्वासकाे मत

शुक्रवार , आषाढ १५, २०८०

काठमाडौँ । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ। 

शुक्रबार बसेको प्रदेशसभा बैठकमा बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत खसेको छ ।

गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् ।

कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । अब नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार