काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएको छ महिनापछि भारत भ्रमण गर्नुभएको पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको तयारी थालेका छन्। प्रधानमन्त्रीको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने तयारी भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिए।
नेपाल प्रेस युनियन कैलालीको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भारतसँग दुई तिहाइ व्यापार चलिरहदासामाजिक र सांस्कृतिक सम्बन्ध पनि उत्तिकै रहेको बताए।
उनले प्रधानमन्त्रीको आगामी सेप्टम्बरमा हुने चीन भ्रमण महत्त्वपूणर् र सार्थक हुने दाबी समेत गरेका छन्। नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको बताउँदै राष्ट्रको हितलाई केन्द्रमा राखेर सैन्य गठबन्धनमा तटस्थ बसेको उनको भनाइ छ ।
हालै मात्रै पाँच दिने चीन भ्रमणबाट फर्किनुभएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको भ्रमणको वातावरण बनाएको बताइएको छ ।
प्रधानमन्त्री भारत भ्रमणअघि पनि पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको टोली चीन गएको थियो । उनले फर्केपछि प्रधानमन्त्रीको चीन भ्रमण चाँडै हुने बताएका थिए।