बुधवार, आश्विन २१ गते २०८३

सत्ता गठबन्धनको निर्णय: कोशीमा कांग्रेस नेतृत्वमा सरकार, जनमत पनि सरकारमा 

सोमवार , आषाढ १८, २०८०

काठमाडौं। सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कोशीमा पहिलो पालोमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निणर्य गरेको एकीकृत समाजवादीका कार्यबाहक अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

कोशीमा गत शुक्रबार एमाले नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि हिजो प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको आह्वान गरेका छन्। तर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विवाद थियो ।

यस्तै जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको छ । जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ ।

हिजोमात्रै प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए। जनमतले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार