बुधवार, आश्विन २१ गते २०८३

परराष्ट्रमन्त्री साउद आज अजरबैजान जादै

मंगलवार , आषाढ १९, २०८०

परराष्ट्रमन्त्री एनपी साउद असंलग्न आन्दोलनको समन्वय ब्यूरोको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन मंगलबार अजरबैजान प्रस्थान गर्दैछन्।

अजरबैजानको बाकुमा हुने ‘असंलग्न आन्दोलन :  उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ नाराका साथ बैठकमा मन्त्री साउदले असार २० गते सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणका क्रममा उनले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारी र विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग समेत भेटवार्ता गर्नेछन्।

मन्त्री साउद असार २३ गते स्वदेश फर्किने तय भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार