बुधवार, आश्विन २१ गते २०८३

संसदीय समितिको सभापति चयन गर्ने सहमति

मंगलवार , आषाढ १९, २०८०

काठमाडौं। सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ।

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच  मंगलबार बिहान भएको छलफलमा चाँडै  संसदीय समितिका सभापति चयन गर्ने सहमति भएको हो।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकपश्चात सभामुख घिमिरेले जतिसक्दो चाडो टुंगो लगाउने सहमति भएको जानकारी दिए।

उनले संसदीय गतिविधि प्रभावकारी रुपमा अगाडि बढाउने बारेमा पनि छलफल भएको बताए। यस अगाडिको सहमति अनुसार नै दलहरुले समितिमा सभापति पाउनेछन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार