बुधवार, आश्विन २१ गते २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

बुधवार , आषाढ २०, २०८०

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। सभापति शेरबहादुर देउवाले असार २७ गते दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

बैठकमा गत वर्ष भएको निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । 

बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक तय भएकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार