बुधवार, आश्विन २१ गते २०८३

माओवादी शिर्ष नेताहरू भारत भ्रमणमा जाँदै, भाजपा मुख्यालयमा 'रेड कार्पेट'

बिहिवार , आषाढ २१, २०८०

नयाँदिल्ली। नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा निस्कदै छन् । 

सत्तारू भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरु भारत भ्रमणमा जान लागेका हुन । 

भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेपालका सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।

भाजपा विदेश विभाग द्वारा आयोजित 'Know BJP initiatives'  कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै  माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन ।

विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउने गरेको छ। नड्डाले भनेका छन, विभिन्न देशका राजनीतिक पार्टीहरूसंग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहां भारतमा बोलाउने गरेका छौं र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन्। 

नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नड्डाको निमंत्रणमा गत वर्ष भारतको भ्रमण गरेका थिए।BJP notice1688608892.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार