बुधवार, आश्विन २१ गते २०८३

विश्वप्रकाश भन्छन्: गल्ती प्रधानमन्त्रीकै हो !

बिहिवार , आषाढ २१, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर असर र अर्थ हुनसक्छ भन्ने हेक्का प्रधानमन्त्रीले नराखेर गम्भीर गल्ती गरेको बताएका छन्। 

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले प्रधानमन्त्रीले दिल्लीबारे दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्। 

महामन्त्री शर्माले नेपालको प्रधानमन्त्री नेपालकै संसदले चयन गर्ने भएकाले मित्र राष्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने दायीत्व पनि प्रधानमन्त्रीकै भएको बताए। 

उनको भनाईबारे सत्तापक्षकै असन्तुष्टी रहदा प्रतिपक्षले विरोध गर्नु स्वभाविक भएको समेत उनले बताएका छन् ।

उनले लेखेका छन्, ' गल्ती_प्रधानमन्त्रीकै_हो ! नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो l मित्र रास्ट्रहरुलाई मित्रताकै सिमामा राख्ने कर्तव्य मुलत प्रधानमन्त्रीकै हो l आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो l प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ l सत्तारूढले नै प्रश्न गरेका छौं l प्रतिपक्षको त मुल कर्तव्यनै हो !'

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पटक-पटक दिल्ली धाएको अभिव्याक्ति दिएपछि विवादित बनेका छन्।

सोमबार नेपालमा पहिलोपटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि करनदीप सिन्धुले लेखेको ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो विवादास्पद अभिव्याक्ति दिएका थिए।

उनको यो अभिव्याक्तिपछि प्रधानमन्त्री दाहालले नेपाली सार्वभौमिकताको विरुद्धमा संसदको समेत अपमान हुनेगरि अभिव्याक्ति दिएको भन्दै चौतर्फी आलोचना भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार