बिराटनगर । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको सपथ लिदैँछन् ।
सभामुखसहितका मत जोडेर बिहिवार साँझ मुख्यमन्त्री नियुक्ती भएका थापाले आज सानो मन्त्रीमण्डलसहित पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
कोशी प्रदेश नामाकरण परिवर्तन नहुने पहिलो अभिब्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने जानकारी पनि गराएका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा थापालाई प्रदेश प्रमुखले नियुक्त गरेका छन् । तर गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई प्रदेससभा सदस्यको हैसियतमा हस्ताक्षर गराएर सरकार गठनका लागि बहुमत पुर्याउनु संवैधानिक व्यवस्थाविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।