आइतवार, आश्विन २५ गते २०८३

सरकारलाई तत्कालै पूर्णता दिने सत्तारुढ गठबन्धनमा सहमति

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । सरकारलाई तत्काल पूर्णता दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा अबको एक दुई दिन भित्रै मन्त्रिमण्डल विस्तार गरी सरकारलाई पूर्णता दिने सहमति भएको हो । 

बैठकमा गठबन्धनका तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको र त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने जनाइएको छ ।  यस्तै, प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरूबीच सामान्य छलफल भएको छ ।

यसलाई अन्तिम रूप दिन आजै बेलुकासम्म फेरि शीर्ष नेताहरूको बैठक बस्ने तयारी छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए ।  

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, जसपा बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष पौडेललगायत सहभागी थिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार