शनिवार, कार्तिक १ गते २०८३

सिन्धुपाल्चोक, दोलखा र सोलुखुम्बुमा बाढी पहिरोको जेखिम

शुक्रवार , आषाढ २२, २०८०

सिन्धुपाल्चोक, दोलखा र सोलुखुम्बुमा ठूलो वर्षा भएको छ । गएराति सिन्धुपाल्चोकको नाकोटे र गुम्थाङमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई वटा पुलमा क्षति पुर्याएको छ । पुलमा क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन् ।

इन्द्रावती नदीमा भने आज बेलीब्रिजको उद्घाटन हुँदैछ ।

यस्तै, दोलखाको रिखु, लामाबगर, सिँगटी र सोलुखुम्बुको सिरुवा तथा आसपासका धेरै ठाउँमा ठूलो पानी परेको छ । ठूलो वर्षाका कारण यी तीन जिल्लामा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार