बुधवार, आश्विन १४ गते २०८३

पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण १७ जनाको मृत्यु

शुक्रवार , आषाढ २२, २०८०

पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् । 

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र  करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानकाे उद्धार विभागले जनाएको छ ।

 पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहाेरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार