आइतवार, आश्विन २५ गते २०८३

प्रचण्डको हस्ताक्षर दुरुपयोगप्रति माओवादीको आपत्ति

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को हस्ताक्षर दुरुपयोग भएकोप्रति पार्टीले आपत्ति जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको  हस्ताक्षर दुरुपयोग गरेर ‘मन्त्रिमण्डल विस्तार’ बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाएको हो । 

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले विज्ञप्ति जारी गरी किर्ते र झुठ प्रचारको भ्रममा नपर्न सिंगो पार्टी पंक्ति, लोकतान्त्रिक शक्तिहरु र आम जनसमुदायमा समेत अनुरोध समेत गरेका छन् । 

गठबन्धन र आम जनसमुदायमा समेत भ्रम सिर्जना गर्ने कुत्सित उद्देश्यका साथ सामाजिक सञ्चालमा कथित मन्त्रिमण्डल बिस्तार सम्बन्धमा भनी गलत सूचना प्रवाह गरिरहेको स्पष्ट पारेका छन् । 

प्रतिगमनकारी, पश्चगामी र पुरातनवादी तत्वहरु अत्तालिएर क्रान्तिकारी र लोकतान्त्रिक शक्तिहरूलाई बदनाम गर्ने कुत्सित मनसायले यस्ता हर्कतहरू भएको उल्लेख गरिएको छ ।

mawobadi.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार