शनिवार, कार्तिक १ गते २०८३

एनआरएनए (नेपाल एसोसिएसन) युएईको अधिवेशन जुलाई ३० मा

शुक्रवार , आषाढ २२, २०८०

काठमाडौं। एनआरएनए (नेपाल एसोसिएसन) युएईको ८औं अधिवेशन जुलाई ३० हुने भएको छ। त्यसका लागि गठित निर्वाचन समितिले निर्वाचन आचारसंहिता र कार्यतालिका सार्वजनिक गरेको छ।

एनआरएनए युएईका प्रमुख संरक्षक एबं पुर्व अध्यक्ष रमेश श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले १८ बुँदे निर्वाचन आचारसंहिता र चुनावी कार्यतालिका सार्वजनिक गरेको छ ।

आगामी जुलाई ३० तारिख दुबईको काल्टन टावरमा आयोजना हुने अधिवेशनबाट एनआरएनए (नेपाल एसोसिएसन)को २०२३-०२५ को कार्यकालका लागि सर्वसम्मतिले कार्यसमिति चयन गर्न कोसिस गरिने निर्वाचन समितिका संयोजक रमेश श्रेष्ठले जानकारी दिए। सर्वसम्मति नजुटेको खण्डमा संस्थाको विधानअनुसार निर्वाचन गरिने उनले बताए। निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन आफू प्रतिबद्ध रहेको श्रेष्ठले बताए।

युएईमा एनआरएनए नेपाल एसोसिएसनका रूपमा स्थानीय निकायमा दर्ता भएको छ। युएईको सरकारी निकायमा दर्ता भएको संस्था हुनाले स्थानीय नीति, नियमको पालना गर्दै विधिसम्मत रूपले नयाँ कार्यसमिति चयन गरिने निर्वाचन समितिका संयोजक श्रेष्ठले बताए। 

यसपटकको अधिवेशनमा सम्पूणर् पंजिकृत सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागिएको निर्वाचन समितिले जानकारी दिएको छ। त्यसका लागि अनलाइन भोटिङ प्रणाली प्रयोगमा ल्याइने बताइएको छ।

निर्वाचन कार्यक्रमका लागि एनआरएनए (नेपाल एसोसिएसन)का प्रमुख संरक्षक रमेश श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। समितिमा पूर्वअध्यक्ष सुदिप कार्की र पुर्व महासचिव कृष्ण पौडेल रहेका छन । पौडेल नेपाल एसोसिएसनका बोर्ड सदस्य समेत रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार