समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बस्नेगरी बोलाइएको छ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्। बैठकमा चारवटै पार्टीका शीर्ष नेताहरू सहभागी हुने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए। उनका अनुसार मोर्चाको पहिलो बैठक भएकाले कार्यविधि, भावी रणनीतिबारे छलफल गर्ने तयारी छ ।
मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने सहमति छ।