शनिवार, कार्तिक १ गते २०८३

पहिराेले नारायणगढ-मुग्लिन सडकखण्ड फेरी अवरुद्ध

शनिवार , आषाढ २३, २०८०

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड पलेरी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै आज दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ ।

कार्यालयका अनुसार थप पहिरो नखसे राति ९ बजेसम्म  अवरोध हटिसक्नेछ । सडक अवरुद्ध हुँदा मुग्लिनतर्फ जाने र नारायणगढ तर्फ आउने सवारी साधन जाममा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार